क्वारेन्टिन बनाएको भन्दै स्थानीयले भत्काइ दिए विद्यालय

काठमाडौँ – जाजरकोटको भेरी नगरपालिका–६ का स्थानीयले क्वारेन्टिन बनाउन थालिएको भन्दै नजिकको विद्यालयको छानो भत्काइदिएका छन्। नजिकमा रहेको विद्यालयमा क्वारेन्टिन बनाएर भारतबाट आएकालाई राख्दा वरपरकालाई कोरोना संक्रमण हुने भन्दै उनीहरुले विद्यालयको छानो भत्काइदिएका हुन्।

भारतबाट आएकालाई नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक जयबहादुर शाही लगायतका केही स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएको वडा अध्यक्ष शसी बुढाले बताए ।

मानिसको वस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हातहतियारसहित आएर विद्यालय छानो र पर्खाल सबै भत्काइदिएको वडाध्यक्ष बुढाले बताए ।

अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले उक्त विद्यालयलाई क्वारेन्टाइन बनाइ उद्धार गरिएका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाही, स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र वले घर्तीलगायतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या भएको वडाध्यक्ष बुढाले बताए ।

उक्त विद्यालय हाल भगवति प्रावि र लक्ष्मी माविसँग गाभिएको पनि उनले बताए। उनका अनुसार उक्त विद्यालय वरपर ६० भन्दा धेरै घरधुरी छन्।

सिफारिस

प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं- माल्दिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना...

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश...

सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी - सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका...

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

धेरै पढिएको