नेपाल टेलिकमले अब ‘एड्भान्स फोरजी’ सञ्चालन गर्ने

दूरसञ्चार क्षेत्रको पछिल्लो प्रविधि फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले अब ‘एड्भान्स फोरजी’ सञ्चालन गर्ने भएको छ । नेपालमा हाल उपलब्ध फोरजीभन्दा निकै गुणस्तरीय सेवासहित आक्रामक बजारीरकण सुरु गर्ने योजनासहित टेलिकमकले यो सेवा सुरु गर्न लागेको हो ।

देशभर एकैपटक विस्तार गर्ने लक्ष्यसहित एड्भान्स फोरजीमा टेलिकम जुटेको हो । अब टेलिकमले फोरजी सेवा विस्तार गर्दा जहाँ कुनै पनि सेवा पुगेको छैन, त्यस्तो ठाउँमा सिधैं एड्भान्स फोरजी सेवा विस्तार गर्नेछ ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार भ्वाइस ओभर लङ टर्म इभोलुन ‘भीओएलटीई’मा ध्यान दिएर यो सेवा प्रयोगमा ल्याउने छौँ । जसले गर्दा जुनसुकै ठाउँमा पनि सजिलै इन्टरनेट चल्न सक्छ ।’ टेलिकमले यो परियोजनाका लागि अर्बौं रुपैयाँ लगानी गर्दैछ ।

फोरजी सेवाका लागि एकैपटक एउटा कोर र दुइवटा नेटवर्क गरी तीनवटा बोलपत्र आह्वान गरेको थियो । समूह एकमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल र समूह दुईमा यसबाहेक सवै ठाउँमा नेटवर्क विस्तार गर्नुपर्नेगरी बोलपत्र आह्वान भएको हो । अहिले यी बोलपत्र मूल्याङ्कनको चरणमा छन् ।चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल, जेडटीई कर्पोरेसन चीन, म्यावेनियर सिंगापुर, हुवावे टेक्नोलजिज् चीन बोलपत्रमा सहभागी भएका छन् ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको