नेपाल टेलिकमले अब ‘एड्भान्स फोरजी’ सञ्चालन गर्ने

दूरसञ्चार क्षेत्रको पछिल्लो प्रविधि फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले अब ‘एड्भान्स फोरजी’ सञ्चालन गर्ने भएको छ । नेपालमा हाल उपलब्ध फोरजीभन्दा निकै गुणस्तरीय सेवासहित आक्रामक बजारीरकण सुरु गर्ने योजनासहित टेलिकमकले यो सेवा सुरु गर्न लागेको हो ।

देशभर एकैपटक विस्तार गर्ने लक्ष्यसहित एड्भान्स फोरजीमा टेलिकम जुटेको हो । अब टेलिकमले फोरजी सेवा विस्तार गर्दा जहाँ कुनै पनि सेवा पुगेको छैन, त्यस्तो ठाउँमा सिधैं एड्भान्स फोरजी सेवा विस्तार गर्नेछ ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार भ्वाइस ओभर लङ टर्म इभोलुन ‘भीओएलटीई’मा ध्यान दिएर यो सेवा प्रयोगमा ल्याउने छौँ । जसले गर्दा जुनसुकै ठाउँमा पनि सजिलै इन्टरनेट चल्न सक्छ ।’ टेलिकमले यो परियोजनाका लागि अर्बौं रुपैयाँ लगानी गर्दैछ ।

फोरजी सेवाका लागि एकैपटक एउटा कोर र दुइवटा नेटवर्क गरी तीनवटा बोलपत्र आह्वान गरेको थियो । समूह एकमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल र समूह दुईमा यसबाहेक सवै ठाउँमा नेटवर्क विस्तार गर्नुपर्नेगरी बोलपत्र आह्वान भएको हो । अहिले यी बोलपत्र मूल्याङ्कनको चरणमा छन् ।चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल, जेडटीई कर्पोरेसन चीन, म्यावेनियर सिंगापुर, हुवावे टेक्नोलजिज् चीन बोलपत्रमा सहभागी भएका छन् ।

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको