यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं – यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको शुभसाइत रहेको छ। टीका लगाउँदा टीका लगाइदिने र लगाइमाग्ने दुवै व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्ने जनाइएको छ।

यस वर्षको नवरात्र असोज २५ गते आइतबार घटस्थापनासँगै सुरु हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।

असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ।

त्यसैगरी असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ। असोज ३१ गते शनिबार फूलपाती परेको छ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०:३९ बजे रहेको छ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ।

कार्तिक ४ गते बुधबार विजया दशमीका दिन देवी विसर्जन र टीका लगाउने कार्यक्रम हुनेछ। सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०:५१ बजे, स्थिरासनको शुभसाइत दिवा ११:५२ बजे रहेको छ। खड्गयात्रा पनि सोही दिन हुनेछ।

दशैंको समापनतर्फ कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ।

यससँगै यस वर्षको दशैंका प्रमुख धार्मिक तथा सांस्कृतिक विधि र साइत सार्वजनिक भएका छन्।

सिफारिस

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ सोमबार लोकार्पण भएको छ। प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको उक्त कृतिमा देशप्रेम...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय तथा परिष्कृत बनाउँदै सञ्चारकर्मीलाई नेपाली सेनासम्बन्धी समाचार सम्प्रेषणमा सहजता प्रदान गर्ने उद्देश्यले रक्षा...

भर्खरै

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

विराटनगर किङ्स र एभरेस्ट बैंकबीच सहकार्यको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर...

अन्तर–एकेडेमी फुटसल कप २०२६ सम्पन्न, स्वस्तिश्रीको उत्कृष्ट प्रदर्शन

काठमाडौं - स्वस्तिश्री स्पोर्ट्स एकेडेमीको आयोजनामा सञ्चालित अन्तर–एकेडेमी फुटसल...

कांग्रेस सुधारबारे गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको...

धेरै पढिएको