एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा दसैँअघि नै मैदानको सम्पूर्ण पूर्वाधार निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ।

गत संस्करणमा दर्शकले भोगेका शौचालयको अभाव, धुलो तथा प्रवेशद्वारमा हुने भिडभाडलगायतका व्यवस्थापकीय समस्यालाई ध्यानमा राख्दै यसपटक मैदानमा संरचनात्मक सुधार गरिएको क्यानले जनाएको छ।

सम्बन्धित मन्त्रालय तथा निकायसँगको समन्वयमा मैदान प्रवेश गर्ने बाटो र गेट व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको छ। दर्शकको अत्यधिक चापलाई मध्यनजर गर्दै नयाँ स्थान पहिचान गरी दर्शक क्षमता बढाउने प्रयाससमेत भइरहेको क्यानले जनाएको छ।

दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई सहज वातावरण उपलब्ध गराउन आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको सचिव खड्काले बताए।

आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुने एनपीएलको तेस्रो संस्करण दसैँ र तिहारको बीचमा परेको भए पनि दर्शकको उत्साहमा कमी नआउने क्यानको विश्वास छ।

अन्तर्राष्ट्रिय क्रिकेटको तालिका तथा चर्चित विदेशी खेलाडीहरूको उपलब्धतालगायतका पक्षलाई ध्यानमा राखेर प्रतियोगिताको मिति तय गरिएको सचिव खड्काले बताए। यसपटक सहभागी टोलीहरूले अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीहरू अनुबन्ध गरिरहेकाले प्रतियोगिताका खेल हेर्न मैदानमा दर्शकको बाक्लो उपस्थिति हुने अपेक्षा गरिएको छ।

default

सिफारिस

प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ ग्यालेक्सी एस२५ अल्ट्रा' मोबाइल एक महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन। चोरीमा संलग्न व्यक्तिको...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ । क्यानाडा तथा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

भर्खरै

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

धेरै पढिएको