काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) को १५औँ डफ्फालाई बदली गर्न श्री नारायणदल गण (शान्ति सेना) को १६औँ डफ्फाका २०३ जना शान्ति सैनिकहरूको दोस्रो तथा अन्तिम टोली बुधबार (२०८३ असोज २८ गते) मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।

त्यसैगरी, मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २०४ जना नेपाली शान्ति सैनिक सोही दिन स्वदेश फर्किएका छन्।
नेपाली सेनाका अनुसार हाल दक्षिण सुडानस्थित उक्त मिसनमा नेपाली सेनाका १ हजार ६९ जना शान्ति सैनिक कार्यरत छन्।
