कुपोषित बालबालिकाको संख्या बढ्दै

सुर्खेत, ३० फागुन । कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् ।

चालू आव २०७४/७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए। कुपोषित भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा छन् ।

जिल्लामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विभिन्न जनचेतना कार्यक्रम तथा सहयोगका कार्यक्रम सञ्चालन गरिएको भए पनि कुपोषित बालबालिकाको संख्या घट्न सकेको छैन । कुपोषित हुनेमा सबैभन्दा बढी दलित समुदायका बालबालिका रहेको उहाँले जानकारी दिनुभयो । कुपोषणमा परेका बालबालिका २३ महिना भन्दामुनिका छन् ।

आव २०७३/७४ मा १७५ कुपोषित बालबालिका थिए । कुपोषण घटाउन जिल्लामा हाल पोषणको क्षेत्रमा सुआहारा कार्यक्रम र कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । खानपानमा ध्यान नदिँदा, गरिबी र अशिक्षाको कारण बालबालिकामा कुपोषणको समस्या देखिएको हो । क्षेत्रीय अस्पतालसहित ५१ वटा स्वास्थ्य संस्थामा कुपोषण भए नभएको चेकजाँच गरिँदैआएको छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको