कुपोषित बालबालिकाको संख्या बढ्दै

सुर्खेत, ३० फागुन । कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् ।

चालू आव २०७४/७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए। कुपोषित भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा छन् ।

जिल्लामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विभिन्न जनचेतना कार्यक्रम तथा सहयोगका कार्यक्रम सञ्चालन गरिएको भए पनि कुपोषित बालबालिकाको संख्या घट्न सकेको छैन । कुपोषित हुनेमा सबैभन्दा बढी दलित समुदायका बालबालिका रहेको उहाँले जानकारी दिनुभयो । कुपोषणमा परेका बालबालिका २३ महिना भन्दामुनिका छन् ।

आव २०७३/७४ मा १७५ कुपोषित बालबालिका थिए । कुपोषण घटाउन जिल्लामा हाल पोषणको क्षेत्रमा सुआहारा कार्यक्रम र कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । खानपानमा ध्यान नदिँदा, गरिबी र अशिक्षाको कारण बालबालिकामा कुपोषणको समस्या देखिएको हो । क्षेत्रीय अस्पतालसहित ५१ वटा स्वास्थ्य संस्थामा कुपोषण भए नभएको चेकजाँच गरिँदैआएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको