रामेछाप – रामेछाप जिल्लाको सुनापति गाउँपालिका ५ खनियापानीमा गएराति एक युवतीमाथि धारिलो हतियार प्रहार भएको छ ।
धारिलो हतियार प्रहारबाट १७ बर्षिया सत्यदेवि खड्का गम्भीर घाइते भएकी छिन । घाँटीमा गम्भिर चोट लागेकी खड्कालाई उचारका लागि काठमाडौं पठाइसकिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । हतियार प्रहार गर्ने साेहि ठाँउका कृष्ण काेइराला भएकाे र उनकाे खाेजी भैरहेको पाठकले बताए ।
उनी खनियापानीमा हजुरबाआमासँग बस्दै आएकी थिइन् । खड्कामाथि हतियार प्रहार गर्ने काेइराला आफ्नै प्रेमी हुन सक्ने प्रहरीले जनाएको छ ।