काठमाडौँ- नेपालमा थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ।
संक्रमित मध्ये १४५० पुरुष ११७ महिला रहेका छन्।
तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४ , मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।
नेपालमा थप १ आज जना डिस्चार्ज भएका छन्। कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २२० पुगेको छ। थप २ जनाको कोरोना को कारण मृत्यु भएको छ। त्यस्तै कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या ८ पुगेको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।
