काठमाडौँ – कलाकार जयनन्दचन्द ठकुरीको ८० वर्षको उमेरमा आइतबार बिहान ललितपुर बागडोलमा निधन भएको छ । कलाकार ठकुरीले बिहान करीब साढे ११ बजे आफ्नै निवासमा प्राण त्यागेको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए । ठकुरीका श्रीमती र एक छोरी छन् ।
१२ वर्षदेखि प्यारालाइसिसले थलिएका ठकुरी सुगरपीडित पनि थिए । उनको छालामा पनि समस्या देखिँदै गएको थियो । ठकुरीले ‘जीवनरेखा’, ‘भाग्यरेखा’लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् । उनले अभनिय गरेको अन्तिम फिल्म ‘भागीभागी नजाउ तिमी’ थियो ।