काठमाडौँ- नेपालमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।
झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।
नेपालमा थप १ आज जना डिस्चार्ज भएका छन्। कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २२१ पुगेको छ। त्यस्तै कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या ८ पुगेको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।