काठमाडौँ- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका प्रदेश १ का सुनसरी र झापाका १८ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सुनसरी धरान–१३ कि ५१ वर्षीय महिला र झापाका १७ पुरुष सोमबार राति डिस्चार्ज भएका हुन् ।
दुई पटकसम्म पीसआिर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपपछि उनीहरुलाई घर पठाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पताल आइसोलेसन वार्डका प्रमुख प्रा.डा संजिवकुमार शर्माले जानकारी दिए।
कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह लगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए । प्रतिष्ठानमा हाल शंकास्पद पाँच जना र संक्रमित ८० जना रहेको सहायक निर्देशक विकास साहले बताए । संक्रमितहरु अधिकांश झापाका हुन्।
