चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्ष बन्न दस जनाले आवेदन दिए पनि दयारामसहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो ।
गत बिहीबार मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो । जस मध्ये समितिले अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, साँस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिस गरेको थियो । गत वर्षको मंसिर २९ गते तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले गत महिना आवेदन आह्वान गरेको थियो । ६ महिना पछि बोर्डले नेतृत्व पाएको हो