चुनाव जित्दैमा अपराध गरेकालाई छुट दिइनु पर्छ ? – टीकापुर घटनाका पीडित

धनगढी – रेशम चौधरीलाई जेल भित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

अदालतको प्रक्रियामा गएको मुद्दा अदालतबाटै फैसला हुनु पर्ने उनीहरुको भनार्इ छ । ‘अपराधीलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्यको महसुस हुन्छ,’ टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेक बहादुर साउदका ६५ वर्षीय हजुरबा जंगबहादुर साउदले भने, न्यायालयबाट छुटेमा हाम्रो भन्नु केही हुन्थेन । अदालतले फैसला गरेर छोडेमा चित्त बुझे चुप लाग्ने र चित्त नबुझे उच्च अदालत र सर्वोच्च अदालत जाने बाटो खुला हुनेछ ।’ सरकारले छाडेमा हामी पीडित कहाँ जाने उनको प्रश्न छ ।

‘सरकारले नै हाम्रो न्याय खोसेमा जनताका बीचमा आफ्ना पीडा राख्नेछौं,’ उनले भने । सरकारले न्याय नदिएमा जनताको साथबाट न्याय पाउने उनको आशा छ । सरकारले दबाब, प्रभाव र पहुँचका आधारमा अपराधीलाई उन्मुक्ति दिन थालेमा दण्डहीनता मौलाउने उनी बताउँछन् ।

‘अनशन बस्दैमा अपराधीलाई उनमुक्ति दिने हो भने कारागार बनाउनुको के अर्थ हुन्छ ?’ उनले भने, ‘मान्छे मारेर जो पनि १०,१५ दिन भोकै बस्न सकिहाल्छ नि ।’ रेशम चौधरीलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीमा भेट गरेको र वर्तमान गृहमन्त्रीले जेलभित्र गएर जुस खाएको घटनाप्रति पीडितको आपत्ति छ । मिडियाले पनि पीडितका पक्षमा आवाज नउठाएको गुनासो उनले गरे । ‘मिडिया पनि मौन छ । हामी पीडितका पक्षमा कोही बोल्दैन,’ उनले भने, ‘आमाको काखमा खेलिरहेका डेढ वर्षीय अबोध बालकको हत्या कसरी राजनीतिक भयो ?’ चुनाव जित्दैमा अपराध गरेकालाई छुट दिइनु पर्छ भन्ने न्यायसंगत नहुने उनले बताए ।
नागरिकबाट

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको