माओवादीले आफ्ना मन्त्रीहरुको निगरानी गर्ने

काठमाडौँ – माओवादी केन्द्रका शीर्ष नेताले आफ्ना मन्त्रीका निगरानी गर्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र सरकारमा पार्टीको नेतृत्व गरेका गृहमन्त्री राम बहादुर थापाले मन्त्रीहरूको काम कारबाहीको निगरानी गर्न लागेका हुन् । गृहमन्त्री थापाको सरकारी निवास पुल्चोकमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई कडा निर्देशन दिँदै आफूखुसी काम गर्ने छुट कुनै पनि मन्त्रीलाई नभएको चेनावनी दिँदै शीर्ष नेतृत्वले निगरानी गर्ने बताए ।

त्यसका लागि पार्टीले ‘सरकार सञ्चालन सम्बन्धी कार्यविधि’ नै तयार पार्ने दाहालले बताएका थिए । ‘सरकारमा मन्त्रीहरूले के–कस्ता काम गर्ने, कसरी आफ्ना कामलाई प्रभावकारी बनाउने भन्ने विषयमा पार्टीले सरकार सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधि नै बनाउँछ’, अध्यक्ष दाहालको भनार्इ उद्धृत गर्दै कृषि भूमिव्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले भनिन्, ‘त्यस्तो कार्यविधि मन्त्रीलाई पार्टीले बाँध्ने एउटा आचारसंहिता पनि हुन्छ ।’

दाहालले साँझ ७ बजे देखि २ घण्टा सम्म आफ्ना मन्त्रीलाई मन्त्रालयको संरचना, काम गर्ने शैली र अपनाउनु पर्ने आचारसंहिताका विषयमा केन्द्रित रहेर निर्देशन दिएका हुन् । बैठकमा माओवादीका ७ मन्त्री र एक राज्यमन्त्री सहभागी थिए। ‘विगतमा धेरै पकट पार्टी सरकारमा गयो, धेरै नेता साथीहरू मन्त्री पनि हुनु भयो, तर त्यसबेला के के भयो–भयो, जनताले अनुभूति हुने गरी काम गर्न पनि सकिएन’, दाहालको भनार्इ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘अब स्थायी सरकार छ, पार्टी, संगठन, आन्दोलन र जनताले अनुभूति हुने गरी देखिनु पर्छ, अगतिलो काम गर्ने छुट कसैलाई छैन ।’
अन्नपूर्णबाट

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको