माओवादीले आफ्ना मन्त्रीहरुको निगरानी गर्ने

काठमाडौँ – माओवादी केन्द्रका शीर्ष नेताले आफ्ना मन्त्रीका निगरानी गर्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र सरकारमा पार्टीको नेतृत्व गरेका गृहमन्त्री राम बहादुर थापाले मन्त्रीहरूको काम कारबाहीको निगरानी गर्न लागेका हुन् । गृहमन्त्री थापाको सरकारी निवास पुल्चोकमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई कडा निर्देशन दिँदै आफूखुसी काम गर्ने छुट कुनै पनि मन्त्रीलाई नभएको चेनावनी दिँदै शीर्ष नेतृत्वले निगरानी गर्ने बताए ।

त्यसका लागि पार्टीले ‘सरकार सञ्चालन सम्बन्धी कार्यविधि’ नै तयार पार्ने दाहालले बताएका थिए । ‘सरकारमा मन्त्रीहरूले के–कस्ता काम गर्ने, कसरी आफ्ना कामलाई प्रभावकारी बनाउने भन्ने विषयमा पार्टीले सरकार सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधि नै बनाउँछ’, अध्यक्ष दाहालको भनार्इ उद्धृत गर्दै कृषि भूमिव्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले भनिन्, ‘त्यस्तो कार्यविधि मन्त्रीलाई पार्टीले बाँध्ने एउटा आचारसंहिता पनि हुन्छ ।’

दाहालले साँझ ७ बजे देखि २ घण्टा सम्म आफ्ना मन्त्रीलाई मन्त्रालयको संरचना, काम गर्ने शैली र अपनाउनु पर्ने आचारसंहिताका विषयमा केन्द्रित रहेर निर्देशन दिएका हुन् । बैठकमा माओवादीका ७ मन्त्री र एक राज्यमन्त्री सहभागी थिए। ‘विगतमा धेरै पकट पार्टी सरकारमा गयो, धेरै नेता साथीहरू मन्त्री पनि हुनु भयो, तर त्यसबेला के के भयो–भयो, जनताले अनुभूति हुने गरी काम गर्न पनि सकिएन’, दाहालको भनार्इ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘अब स्थायी सरकार छ, पार्टी, संगठन, आन्दोलन र जनताले अनुभूति हुने गरी देखिनु पर्छ, अगतिलो काम गर्ने छुट कसैलाई छैन ।’
अन्नपूर्णबाट

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको