इन्धन खपत वार्षिक २० प्रतिशतले बढ्यो

काठमाडौँ – पेट्रोलियम पदार्थ खपत वार्षिक २० प्रतिशतका दरले बढ्दै गएको छ । बढ्दो सवारीसाधनको प्रयोगले इन्धनको खपत बढ्दै गएको हो । वार्षिक रूपमा खपत दर १५ देखि २० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन खपत बर्सेनि बढ्दै गएको बताए । “सवारीसाधनको प्रयोग बढ्दै गएको र पछिल्लो समय स्थानीयस्तरमा भएको विकास निर्माणकोे गतिले गर्दा इन्धन खपतदर बढ्दै गएको छ,” नायव कार्यकारी निर्देशक साहले भने, “मुलुकमा इन्धनको खपत बढेसँगै आयातदर बढ्दै गएको छ ।” इन्धनको खपत बढ्दै गएपछि आयात पनि सोही अनुसार बढ्दै गएको निगमको भनार्इ छ ।

मुलुकमा पर्याप्त विद्युत् उत्पादन गर्न सके मात्र इन्धन आयात घटाउन सकिने ऊर्जाविद्हरू बताउँछन् । गत वर्ष देखि उपत्यकामा लोडसेडिङ हटे पनि इन्धन आयातमा ठूलो प्रभाव नपरेको निगमको तथ्यांकले देखाएको छ । लोडसेडिङले खाना पकाउने एलपी ग्याँस र डिजेलको खपत घट्नु पर्ने भए पनि दुवै पदार्थको आयात बढ्दै गएको निगमको भनार्इ छ । निगमका अनुसार आर्थिक वर्ष ०६९/०७० मा १२ लाख ९८ हजार ५ सय ६६ किलोलिटर इन्धन आयात भएकोमा ०७०/७१ मा १४ लाख ४० हजार ९ सय ३५ किलोलिटर इन्धन आयात भएको थियो । यस्तै २०७१/७२ मा १६ लाख २५ हजार १ सय ६७ किलोलिटर इन्धन आयात भएकोमा २०७२÷७३ मा नाकाबन्दीका कारण १३ लाख ३१ हजार १ सय ५६ किलोलिटर मात्र इन्धन आयात भएको थियो । २०७३/७४ मा २२ लाख १८ हजार ७ सय ४२ किलोलिटर इन्धन आयात भएको तथ्यांक छ ।

निगमका अनुसार जुलाईमा १ लाख ९६ हजार ३ सय ५४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अगस्टमा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बरमा १ लाख ६८ हजार, अक्टोबरमा १ लाख ९३ हजार ७ सय ८९ किलोलिटर इन्धन आयात भएको छ । नोभेम्बरमा इन्धन आयात बढेर २ लाख ३८ हजार ५ सय ६९ र डिसेम्बरमा २ लाख २७ हजार ५ सय २ किलोलिटर इन्धन आयात भएको छ । जनवरी महिनामा २ लाख ४२ हजार २ सय ३ किलोलिटर इन्धन आयात भएकोमा फेब्रुअरी महिनामा २ लाख २३ हजार ३ सय ३४ किलोलिटर इन्धन आयात भएको निगमले जानकारी दिएको छ ।
कारोबारबाट

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको