इन्धन खपत वार्षिक २० प्रतिशतले बढ्यो

काठमाडौँ – पेट्रोलियम पदार्थ खपत वार्षिक २० प्रतिशतका दरले बढ्दै गएको छ । बढ्दो सवारीसाधनको प्रयोगले इन्धनको खपत बढ्दै गएको हो । वार्षिक रूपमा खपत दर १५ देखि २० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन खपत बर्सेनि बढ्दै गएको बताए । “सवारीसाधनको प्रयोग बढ्दै गएको र पछिल्लो समय स्थानीयस्तरमा भएको विकास निर्माणकोे गतिले गर्दा इन्धन खपतदर बढ्दै गएको छ,” नायव कार्यकारी निर्देशक साहले भने, “मुलुकमा इन्धनको खपत बढेसँगै आयातदर बढ्दै गएको छ ।” इन्धनको खपत बढ्दै गएपछि आयात पनि सोही अनुसार बढ्दै गएको निगमको भनार्इ छ ।

मुलुकमा पर्याप्त विद्युत् उत्पादन गर्न सके मात्र इन्धन आयात घटाउन सकिने ऊर्जाविद्हरू बताउँछन् । गत वर्ष देखि उपत्यकामा लोडसेडिङ हटे पनि इन्धन आयातमा ठूलो प्रभाव नपरेको निगमको तथ्यांकले देखाएको छ । लोडसेडिङले खाना पकाउने एलपी ग्याँस र डिजेलको खपत घट्नु पर्ने भए पनि दुवै पदार्थको आयात बढ्दै गएको निगमको भनार्इ छ । निगमका अनुसार आर्थिक वर्ष ०६९/०७० मा १२ लाख ९८ हजार ५ सय ६६ किलोलिटर इन्धन आयात भएकोमा ०७०/७१ मा १४ लाख ४० हजार ९ सय ३५ किलोलिटर इन्धन आयात भएको थियो । यस्तै २०७१/७२ मा १६ लाख २५ हजार १ सय ६७ किलोलिटर इन्धन आयात भएकोमा २०७२÷७३ मा नाकाबन्दीका कारण १३ लाख ३१ हजार १ सय ५६ किलोलिटर मात्र इन्धन आयात भएको थियो । २०७३/७४ मा २२ लाख १८ हजार ७ सय ४२ किलोलिटर इन्धन आयात भएको तथ्यांक छ ।

निगमका अनुसार जुलाईमा १ लाख ९६ हजार ३ सय ५४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अगस्टमा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बरमा १ लाख ६८ हजार, अक्टोबरमा १ लाख ९३ हजार ७ सय ८९ किलोलिटर इन्धन आयात भएको छ । नोभेम्बरमा इन्धन आयात बढेर २ लाख ३८ हजार ५ सय ६९ र डिसेम्बरमा २ लाख २७ हजार ५ सय २ किलोलिटर इन्धन आयात भएको छ । जनवरी महिनामा २ लाख ४२ हजार २ सय ३ किलोलिटर इन्धन आयात भएकोमा फेब्रुअरी महिनामा २ लाख २३ हजार ३ सय ३४ किलोलिटर इन्धन आयात भएको निगमले जानकारी दिएको छ ।
कारोबारबाट

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको