काठमाडौँ – काभ्रे जिल्लाको रोशी गाँउपालिकामा ३ मा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको हो ।
प्रहरीका अनुसार बिहीबार राति साढे १० बजे एसएमजी बन्दुक २ थान, पेस्तोल २ थान, कटुवा बन्दुक १० थान, खुकुरी र सकेट बमसहित आएका उनीहरुले बाटोमा खतरा लेखेर यातायातका साधन चल्न दिएका थिएनन् ।
बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
एसपी पौडेलका अनुसार काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो ।
