क्रिकेट रंगशाला बनाउन धुर्मुसमाथि दवाव, के गर्छन् धुर्मुस ?

काठमाडौं – केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसलाई भेट्न पुगेका थिए । सो भेटमा उनले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अत्यावश्यक भएकाले त्यसको पहलकदमी लिन धुर्मुसलाई आग्रह गरे ।

तर, रंगशाला निर्माण हुनुपर्नेमा धुर्मुस पूर्ण सहमत हुँदाहुँदै पनि उनले यसमा तत्काल आफू अघि बढ्ने प्रतिवद्धता भने जनाउन सकेनन् । त्यसको कारण हो, उनले त्यतिबेला ‘नमूना नेपाल’ नामको महत्वाकांक्षी परियोजनामा हात हालिसकेका थिए ।

नेपालले एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाइसकेपछि अन्तर्राष्ट्रियस्तरको रंगशालाको आवश्यकता झन् टड्कारो बनेको छ । बुधबार बिमानस्थलमा क्रिकेट खेलाडीहरु फर्कँदा जम्मा भएको भिडले रंगशाला निर्माण हुनुपर्ने भन्दै नारावाजी नै गरेको थियो ।

चार वटा निर्माण परियोजना समयमा सम्पन्न गरेर पाचौं परियोजनामा तल्लिन रहेका धुर्मुसलाई अहिले ह्वारह्वार्ति म्यासेज र फोनहरु आउन थालेका छन् । सबैको जोड छ, अन्तर्राष्ट्रिय रंगशाला निर्माणको पहलकदमी धुर्मुस–सुन्तली फाउन्डेसनले लिनुपर्‍यो भन्ने ।

सरकारले निर्माण गर्दा भन्दा धुर्मुस–सुन्तलीले निर्माण गर्दा छिटो र प्रभावकारी रुपमा सम्पन्न हुने धेरैको विश्वास छ ।

तर, एउटा बोझ टाउकोमै रहेको अवस्थामा अर्को थप्न धुर्मुसलाई सजिलो छैन ।

‘क्रिकेट रंगशाला निर्माणका लागि देशवासीमा ठूलो आतुरता मैले पाएको छु,’ धुर्मुस भन्छन्, ‘यस्तो आतुरता म स्वयम्मा पनि छ ।’

तर एकैसाथ दुईवटा ठूला परियोजना हाँक्नु चुनौतिपूर्ण हुन सक्ने उनको चिन्ता छ ।

‘नमूना नेपालका लागि नै आर्थिक जोहो गर्ने काम नै बाँकी छ, त्यसमाथि रंगशाला पनि थपियो भने हामीले थेग्न गाह्रो हुन सक्छ,’ धुर्मुसले भने ।

रंगशाला निर्माण सरकारकै अग्रसरतामा हुनुपर्ने उनको ठहर छ । यदि सरकारले आर्थिक पाटोको जिम्मेवारी लिएर स्रोत उपलब्ध गराएमा आफूहरुले पुराना अनुभवका आधारमा निर्माणको संयोजन गर्न सक्ने उनले बताए ।

‘क्रिकेटप्रेमीहरु जुर्मुराएका बेला रंगशाला निर्माणका लागि आह्वान गर्दा स्रोत उठ्न सक्छ, तर, हामीले कतिवटा कामका लागि सहयोगको अपिल गर्ने, हाम्रो लागि पनि चिन्ताको विषय भएको छ,’ उनले भने ।

यसैबीच जनस्तरबाट रंगशाला निर्माणका लागि सामाजिक सञ्जालमा आह्वान गरेका हास्यकलाकार कुमार कट्टेल जिग्रीले पनि दाई धुर्मुसकै मुख ताकेका छन् । उनीसहित भद्रगोल टेलिश्रृंखलाको टिम मंगलबार धुर्मुससँग छलफल गर्न पुगेको थियो ।

यो कामको नेतृत्व धुर्मुस सुन्तली फाउन्डेसनले लिएको खण्डमा सबैतिर विश्वासको वातावरण बन्ने कुमारले बताए ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको