क्रिकेट रंगशाला बनाउन धुर्मुसमाथि दवाव, के गर्छन् धुर्मुस ?

काठमाडौं – केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसलाई भेट्न पुगेका थिए । सो भेटमा उनले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अत्यावश्यक भएकाले त्यसको पहलकदमी लिन धुर्मुसलाई आग्रह गरे ।

तर, रंगशाला निर्माण हुनुपर्नेमा धुर्मुस पूर्ण सहमत हुँदाहुँदै पनि उनले यसमा तत्काल आफू अघि बढ्ने प्रतिवद्धता भने जनाउन सकेनन् । त्यसको कारण हो, उनले त्यतिबेला ‘नमूना नेपाल’ नामको महत्वाकांक्षी परियोजनामा हात हालिसकेका थिए ।

नेपालले एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाइसकेपछि अन्तर्राष्ट्रियस्तरको रंगशालाको आवश्यकता झन् टड्कारो बनेको छ । बुधबार बिमानस्थलमा क्रिकेट खेलाडीहरु फर्कँदा जम्मा भएको भिडले रंगशाला निर्माण हुनुपर्ने भन्दै नारावाजी नै गरेको थियो ।

चार वटा निर्माण परियोजना समयमा सम्पन्न गरेर पाचौं परियोजनामा तल्लिन रहेका धुर्मुसलाई अहिले ह्वारह्वार्ति म्यासेज र फोनहरु आउन थालेका छन् । सबैको जोड छ, अन्तर्राष्ट्रिय रंगशाला निर्माणको पहलकदमी धुर्मुस–सुन्तली फाउन्डेसनले लिनुपर्‍यो भन्ने ।

सरकारले निर्माण गर्दा भन्दा धुर्मुस–सुन्तलीले निर्माण गर्दा छिटो र प्रभावकारी रुपमा सम्पन्न हुने धेरैको विश्वास छ ।

तर, एउटा बोझ टाउकोमै रहेको अवस्थामा अर्को थप्न धुर्मुसलाई सजिलो छैन ।

‘क्रिकेट रंगशाला निर्माणका लागि देशवासीमा ठूलो आतुरता मैले पाएको छु,’ धुर्मुस भन्छन्, ‘यस्तो आतुरता म स्वयम्मा पनि छ ।’

तर एकैसाथ दुईवटा ठूला परियोजना हाँक्नु चुनौतिपूर्ण हुन सक्ने उनको चिन्ता छ ।

‘नमूना नेपालका लागि नै आर्थिक जोहो गर्ने काम नै बाँकी छ, त्यसमाथि रंगशाला पनि थपियो भने हामीले थेग्न गाह्रो हुन सक्छ,’ धुर्मुसले भने ।

रंगशाला निर्माण सरकारकै अग्रसरतामा हुनुपर्ने उनको ठहर छ । यदि सरकारले आर्थिक पाटोको जिम्मेवारी लिएर स्रोत उपलब्ध गराएमा आफूहरुले पुराना अनुभवका आधारमा निर्माणको संयोजन गर्न सक्ने उनले बताए ।

‘क्रिकेटप्रेमीहरु जुर्मुराएका बेला रंगशाला निर्माणका लागि आह्वान गर्दा स्रोत उठ्न सक्छ, तर, हामीले कतिवटा कामका लागि सहयोगको अपिल गर्ने, हाम्रो लागि पनि चिन्ताको विषय भएको छ,’ उनले भने ।

यसैबीच जनस्तरबाट रंगशाला निर्माणका लागि सामाजिक सञ्जालमा आह्वान गरेका हास्यकलाकार कुमार कट्टेल जिग्रीले पनि दाई धुर्मुसकै मुख ताकेका छन् । उनीसहित भद्रगोल टेलिश्रृंखलाको टिम मंगलबार धुर्मुससँग छलफल गर्न पुगेको थियो ।

यो कामको नेतृत्व धुर्मुस सुन्तली फाउन्डेसनले लिएको खण्डमा सबैतिर विश्वासको वातावरण बन्ने कुमारले बताए ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको