काठमाडौँ- जिल्ला अदालत सुनसरीका न्यायाधीशका शंकर राईका अंगरक्षकले गोली हानी आत्महत्या गरेका छन् । न्यायाधीश राईका अंगरक्षक जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी हबल्दार ओमप्रकास खतिवडाले सोमबार बेलुको आफैंले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए।
हबल्दार खतिवडाले जिल्ला अदालत परिसरमा नै कन्चटमा चाइनेज पेस्तोलले आफैंलाइै गोली हानेको एसपी थापाले बताए । थापाका अनुसार अदालत परिसरमा रहेको प्रहरी ब्यारेकमा बसेका उनी अदालतको छतमा गएर फोनमा कुरा गरिरहेको अवस्थामा आफैंलाई गोली हानेर बेहोस भएका थिए ।
गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पु¥याइएको थियो । प्रतिष्ठानका चिकित्सकले उनलाई तत्काल मृत्यु भएको घोषणा गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको छ।
