अजय लेन्सम्यान
काठमाडौँ – कृषि बालीका लागि खतरनाक मानिने सलह कीराको फौज काठमाडौँमा पनि प्रवेश गरेको छ।
गत शनिबार रुपन्देही, सिन्धुली लगायतका जिल्लामा देखा परेको सलह मंगलबार सुन्धारा, बालाजु क्षेत्रमा देखा परेको हो।
भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको हो । काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् ।
काठमाडौँमा प्रवेश गरेको सलहलाई कागले आफ्नो आहारका लागि खोजी खोजि दृश्य हाम्रा सहकर्मी अजय लेन्सम्यानले कैद गरेका छन्।

