काठमाडौं – सशस्त्र प्रहरीका ९ जना उपरीक्षक एसपी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले ९ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरेको हो। बढुवा समितिको यही जेठ ३० गतेको निर्णयअनुसार उनीहरुलाई उक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक...
नेपाल आर्मीका हरिचन्द्र गिरीले संसारमा ‘सबैभन्दा छोटो समयमा भर्‍याङ खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्। उनले २५.०३ सेकेन्डमा भर्‍याङको ७५ खुड्किला हातले टेक्दै ओर्लिएर गिनिज वर्ल्ड रेकर्ड हात पारेका हुन्। यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३०.८ सेकेन्डमा यही विधामा गिनिज वर्ल्ड रेकर्ड बनाएका थिए। केन्नीको रेकर्ड...
काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका...
काठमाडौं– प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ।काज सरुवाको क्रममा ३ जिल्ला र काठमाडौं उपत्यकाका केही वृत्तका प्रहरी प्रमुख फेरिएका छन्। रामेछाप, दोलखा, रसुवा तथा काठमाडौं उपत्यका भित्रका सातदोबाटो र चापागाउँ वृत्तका प्रहरी प्रमुख फेरिएका हुन्। प्रहरी प्रधान कार्यालयले रामेछापमा डीएसपी राजकुमार थिङ, दोलाखामा गंगाप्रसाद...
नेपाली सेनाको टोलीले पहिलो पटक कञ्चनजंघा हिमालको आरोहण गरेको छ। सफा हिमाल अभियान २०२२को क्रममा कञ्चनजंघा हिमाल पुगेका मध्ये दुई जनाले हिमालको आरोहण गरेका हुन्। उनीहरू पुगेसँगै नेपाली सेनाले पहिलोपटक त्यस हिमालमा पुगेर आफ्नो झन्डा फहराएको हो। नेपाली सेनाका सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले आरोहण गरेका थिए। उनीहरूले...
काठमाडौं – सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले उनीहरुको सरुवा भएको हो । मंगलबार सशस्त्र प्रहरी कार्यालयले एकैपटक ४२८ जना इन्स्पेक्टरहरुको  सरुवा गरेको हो। सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ । को-कहाँ...
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक समारोहका बीच बढुवा भएका एसपीहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही असार...
नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को एकैपटक सरूवा भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले शुक्रबार एकैसाथ १२० जना डिएसपीको सरूवा गरेका हुन्। सरुवा भएका डिएसपीहरुले भदौ महिनादेखिको तलब भत्ता हाल सरूवा भएको दरबन्दीबाट खान पाउने व्यवस्था गरिएको छ। प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अंगुर जिसीलाई काठमाडौं जिल्ला प्रहरी परिसरको...
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्र प्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई रिक्त एक एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। राजु अर्याल आईजीपीमा बढुवा र अर्का एआईजी रामशरण पौडेल अनिवार्य अवकासमा गएपछि वैशाख १९ गतेबाट २ एआईजी रिक्त भएको थियो। एउटा पदमा यसअघि...
डोल्पाको सदरमुकाम दुनैमा अवस्थित नेपाली सेनाको नन्द बक्स क्याम्पका गुल्मपति मेजर विमल पण्डित सम्पर्कविहीन भएका छन्। उनी आइतबार साँझदेखि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। बडीगार्ड नलिई हिँडेकाले उनको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ। गुल्मपति पण्डितको खोजीका लागि डिएसपी शिवकुमार बुढाथोकीको नेतृत्वमा प्रहरी प्रहरी, सेना, सशस्त्र...