शैक्षिक गतिविधि

काठमाडौं - आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । जसअनुसार देशभरको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजबाट सुरु भएको हो । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण दुई महिना ढिला गरी आज अर्थात असार १ देखि शैक्षिक सत्र सुरु हुन...
काठमाडौं - चिकित्सा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार परीक्षा सञ्चालनका लागि सिसिएमसीमा अनुमतिको माग गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले जनाए। तर सिसिएमसीले कोरोनाको जोखिम उच्च...
काठमाडौं उपत्यकाका विद्यालय १० महिनापछि आजदेखि खुल्दैछन्। स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि आजबाट उपत्यकाका सबैजसो विद्यालय खुल्न लागेका हुन्। कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैतको पहिलो सातादेखि देशैभरीका विद्यालय बन्द भएका थिए। काठमाडौं उपत्यका बाहिरका प्रायः सबै विद्यालय यसअघि नै सञ्चालनमा आएका भएपनि राजधानीका विद्यालय भने अझै पूर्णरुपमा...
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डां चन्द्रमणि पौडेलका अनुसार बोर्डले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको हो । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले...
सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख...
काठमाडौँ — काठमाडौँमा वायु प्रदूषणको मात्रा बढेसँगै उपत्यकाका विद्यालयहरु चार दिन बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण विद्यालयहरु भोलिदेखि चार दिन बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ । प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुुने भएकोले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन...
काठमाडौँ - एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने...
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको परीक्षा पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने जनाएको छ । एसईईको परीक्षा र १२ कक्षाको परीक्षा जेठमै गर्ने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पूर्व निधारित कार्यतालिका अनुसार नै परीक्षा...
राष्ट्रिय परीक्षा बोर्डले विद्यालय पुन: सञ्चालनमा नआएसम्म कक्षा ११ को परीक्षा नगराउन निर्देशन दिएको छ। शुक्रबार बोर्डले सूचना जारी गर्दै नेपाल सरकारबाट विद्यालय सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो। 'कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११...