शैक्षिक गतिविधि

नेपाल सरकारले १ जेठबाट सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । मंगलबार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आईतबार विद्यालय...
काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन शाहको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्। उनलाई शिक्षा सल्लाहकारको रूपमा नियुक्त भएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ। अर्याल टिच फर नेपालको संस्थापक समेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत थिइन्। केही दिनअगाडि महानगरको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश...
काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने...
काठमाडौं - सरकारले माघ १६ देखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीचको बैठकले खोप दिने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए । "यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय...
शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ। आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो। असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ। विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा भदौमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले भदौ ११ र १२ गतेका लागि पूरक परीक्षा गर्ने निर्णय गरेको हो। ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने बोर्डले जनाएको छ। बोर्डका अनुसार ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये...
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शिक्षक महासंघले बजेट निर्माण प्रक्रियामा दिएको सुझाव सम्बोधन नगरी बजेट आएको भन्दै संशोधनका लागि अपिल गरेको छ। महासंघले विगतदेखि शिक्षामा लगानी वृद्धि, शिक्षक दरबन्दीको अभाव, इसिडी शिक्षक, विद्यालय कर्मचारी, प्रविधि विभिन्न अनुदानमा नियुक्त शिक्षक, परम्परागत शिक्षक, विशेष विद्यालयका शिक्षकहरुको तलब सुविधाको साथै योगदानमा आधारित सामाजिक सुरक्षा...
सरकारले शिक्षकहरूका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षक अस्पताल बनाउने ठाउँ खोज्न समिति गठन गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्था गर्न विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। समितिमा शिक्षक तथा मन्त्रालयका...
जनकपुरधाम - स्थानीय निर्वाचनमा उमेदवार बन्न राजीनामा दिएकी शिक्षिका पुनः विद्यालय फर्किएपछि विवाद सुरु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित माध्यमिक विद्यालय बरमझियामा रेखा यादव हाजिर हुन खोजेपछि विवाद सुरु भएको हो । उनलाई प्रधानध्यापक राजदेव यादवले आर्थिक प्रलोभनमा परी हाजिर गराउन खोजेको आरोप छ । राजीनामा बुझाएका शिक्षिकालाई...
काठमाडौँ - सरकारले शहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन...