स्थानीय निर्वाचन

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनबाट एमालेका शाही महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। शाहीले ३ हजार १२७ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २ हजा ६७५, नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशकुमार...
तेह्रथुम – तेह्रथुमको लालिगुँरास नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए। लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरेका छन्।...
काठमाडौँ महानगरपालिका वडा नं १६ मा ठूला दलहरुलाई पछि पार्दै रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी  छन्। रास्वपाकी श्रेष्ठले १५ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३ सय ४ मत पाएका छन्। एमालेका लक्ष्मीरत्न तुलाधरले १२ सय १८ मत पाएकी छन्।  
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदैछ। आइतबार बिहान ७ बजेदखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि...
स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले गएराति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ। स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध...
काठमाडौं – मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन्। उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको...
काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन् । २७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका हुन् । खड्काले २१ हजार ९४२ मत पाएका छन् । तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसि‌ंह थेगिमले ११ हजार ४५७ मत...
काठमाडौँ - बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको जमानत जफत भएको छ । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिल बहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो । निर्वाचन आयोगका अनुसार कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै...
बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २६६ मतले पराजित गर्न सफल भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ । शनिबार भएको उपनिर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुँदा भण्डारीले सुदूरपश्चिम प्रदेश सभाको...
उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखेका छन्। उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले अहिलेसम्म ६ हजार २८० मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर...