काठमाडौं– नक्कली प्रहरी निरीक्षक (इन्सपेक्टर) खडा गरेर हनी ट्रयाप शैलीमा ठगी धन्दा चलाएको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये श्रीमान्–श्रीमती पनि छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रीमान्–श्रीमतीसहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षकै...
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्। पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व...
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् । उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् । प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ ।...
संसदीय छानबिन समितिको बैठक सकिएको छ। सोमबार बसेको छानबिन समितिले सिसिटिभी फुटेज पत्ता नलगाउने निष्कर्ष निकालेको छ। समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज 'रिस्टोर' हुने सफ्टवेयर मगाएको थियो। तर त्यहाँ केही पनि फेला नपरेको एक समिति सदस्यले बताए। ‘अहिलेसम्म छानबिन गरिरहेका थियौं। अब अनुसन्धान गर्छौं’, उनले भने, ‘अब रिकभर हुने कुनै सिस्टम...
श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सट डाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि सकिदैन भन्नेमा धेरै अनिश्चितता छ ।’ उनले अगाडि थपे, ‘अन्तर्राष्ट्रिय बेलआउट प्याकेज प्राप्त गर्ने प्रगति स्थिर प्रशासनमा भर पर्छ...
पत्रकारमाथि कुटपिटको उजुरीको आधारमा पक्राउ पुर्जी जारी गरेपछि विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख फरार भएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्राधिकरणका कार्यालय प्रमुख राजिवकुमार सिंहलाई पक्राउ गर्न आइतबार नै पक्राउ पुर्जी जारी गरिएको बताए। ‘हामीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं तर सकिएको छैन। उनी अहिले फरार छन्,’...
काठमाडौँ — नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनायो । पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी)...
पाँच वर्षअघि यही समयमा सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको थियो। बिबिसी मिडिया एक्सनको साझा सवाल कार्यक्रमको उक्त भिडिओमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एक युवकले ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गरेका छन्। देउवाले झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुन्छ’ भनेर जवाफ फर्काउँछन्। पाँच वर्षअघि देउवालाई प्रश्न सोध्ने ती युवा...
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै भुवन केसीसहितका उम्मेदवारको सूची बाहिर ल्याएको हो । उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र वृत्तमा भुवनको आवेदन अस्वीकृत हुनसक्ने अनुमान गरिएको थियो ।...
महाराजगञ्जस्थित नासा ह्युमन रिसोर्सेस प्रालि (म्यानपावर कम्पनी) मा युट्युबरसहित हुलहुज्जत गर्ने दुईजना पक्राउ परेका छन् । आफूलाई बिगेस्ट म्यानपावरको एजेन्ट बताउने इलामका ३० वर्षे सुरेनकुमार योङ्गहाङ्ग र उदयपुरका ३२ वर्षे प्रकाश तामाङलाई गत शनिबार प्रहरी वृत्त महाराजगञ्जले काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको छ । जिल्ला...