प्रचण्डको भारत भ्रमणप्रति गोकुल बास्कोटाको कडा व्यङ्ग्य

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् ।

उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् ।

प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ । ‘उत्तरी छिमेकीसँग डीनर खाएको चिसो हात पनि सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक पुगेका पूर्वप्रम पुष्पकमल दाहालले पाइजामा भेटबाट आरम्भ गरेको दौडको क्लाइमेक्स भेट बाटोमै कोल्याप्स भए पनि सफल रहेकोमा शंका रहेन । उनकै आग्रहमा भएको भ्रमणको तालीका गडबड हुनु खासमा अपमान होइन !,’ सामाजिक सञ्जाल ट्विटरमा बास्कोटाले लेखेका छन् ।

भारतको तीन दिने भ्रमण सम्पन्न गरी प्रचण्ड आइतबार स्वदेश फर्केका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ताको लागि समय नदिएपछि प्रचण्डले भारतीय विदेश मन्त्री र भारतीय जनता पार्टीका अध्यक्षलाई भेटेर फर्केका थिए।

नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका थिए ।

त्यस्तै, नेकपा एमालेका नेता भीम रावलले माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र भाजपा बीच दिल्ली भएको सहमतिले जनयुद्धको लक्ष्य र देश कमजोर भएको अभिव्यक्ति छन्।

सोमबार सामाजिक संजालमा एक स्टाटस लेख्दै रावलले भनेका छन्, ‘दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे! यही हो ‘जनयुद्ध’ को लक्ष्य? यस्तै कामकुराले देश कमजोर हुँदै छ। अझै प्रमपत्नी आरजु देउवा राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी छ। राष्ट्र हितप्रति खेलबाड र स्वार्थको भद्दा रुप।’

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रचण्ड आइतबार स्वदेश फिर्ता भएका छन्।

उनले भारत भ्रमणमा रहँदा भाजपाका अध्यक्ष नड्डासहित भारतीय विदेशमन्त्री एस जयशंकरलगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए।

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको