काठमाडौं- स्वतन्त्र राष्ट्रिय अभियान, नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपाल रिहा भएका छन्। असार १५ गते माइतीघर मण्डलामा एमसीसीको विरोध गर्ने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा नेपालसहित १२ जना प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनीहरुलाई हालसम्मको सबैभन्दा बढी सजाय १० वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
सर्वोच्च अदालतका माननीय न्यायाधीस द्वय सपना प्रधान मल्ल र तेज बहादुर के सीको संयुक्त इजलासबाट बन्दीप्रत्यक्षीकरण रीट जारी भएपछि नेपालको पक्षमा ११० जना अधिवक्ता बहस गरेका थिए । झुठा मुद्दा दायर गरिएको भन्दै सर्वोच्च अदालले शुक्रबार रिहाईको आदेश दिएको हो ।
रिहाई लगत्तै झुठा मुद्दा दायर गरी गैरन्यायिक हिरासतमा राख्नेहरु विरुद्ध सजाय गरी पाउन भनि गृहमन्त्री, सिडिओ र सम्बन्धित कार्यालयका प्रहरी प्रमुख विरुद्ध मुद्दा दायर गरिने संयोजक तथा अधिवक्ता स्वागत नेपाल जानकारी गराए। साथै उनले एमसीसी र सबै राष्ट्रघात विरुद्ध हाम्रो आन्दोलन अझै सुदृढ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
