फेरि मनसुन सक्रिय, यस्तो छ तीन दिनको मौसम

काठमाडौं – अबको दुई/तीन दिनमा मनसुनी गतिविधि पुनः बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिण तिर रहेको महाशाखाले जनाएको छ । तर, अबको २/३ दिनपश्चात न्यून चापीय रेखा उत्तरतिर सर्दै नेपालको पश्चिमी तराई नजिक आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । जसका कारण अबको २/३ दिन पछि मनसुनी गतिविधि बढ्ने महाशाखाको आँकलन छ ।

अहिले भने देशका धेरै जसो स्थानमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । त्यस्तै केही स्थानमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ ।

बिहीबार (आज) दिउँसो देशभर सामान्य बदली भइ केही स्थानमा वर्षा हुने संभावना रहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना छ ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने संभावना छ । शुक्रबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा हुने तथा राति देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको एभरेस्ट होटलमा सम्पन्न भएको छ।संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी तथा महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। २०८३ भदौ ५ गतेदेखि उपरथी...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

भर्खरै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

धेरै पढिएको