तपाईको बच्चामा मोबाइलको लत छ ? मानसिक रोग ‘गेमिङ डिसअर्डर’ होला

काठमाडौं – के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ। अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ। मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् भन्ने खबर गाेरखापत्र दैनिकमा छ। यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा प्रवास अधिकारीको भनाइ छ। उनले भने, “जब बच्चाहरूमा यस्तो समस्या आउन थाल्छ, उनीहरू निदाउन छाड्छन्।

शारीरिक गतिविधिमा सक्रिय हुँदैनन्। खानपान अनियमित हुन थाल्छ। उनीहरू पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन्। ” यो अवस्थामा पुग्दा बालबालिका हिंस्रक र आक्रामक हुने बताउँदै उहाँले एकान्तमा मात्र बस्न रुचाउने, सधैँ उदास रहनेजस्ता समस्या देखिए अभिभावकले बेलैमा ध्यान दिन सुझाव दिए।

बालबालिका उदास हुने, खान मन नगर्ने तथा मोबाइल धेरै हेर्ने समस्या लिएर धेरै अभिभावक आफूकहाँ आउने गरेको उनले जानकारी दिए। उनले थपे, “बच्चा फकाउन के गर्नुहुन्छ भन्दा सबैजसो अभिभावकले एउटै जवाफ दिन्छन्– मोबाइल खेलाउने। अर्थात् मोबाइलमा भिडियो हेर्ने वा गेम खेल्ने। अधिकांश अभिभावकको साझा समस्या हो यो। ” बालरोग विशेषज्ञ डा प्रज्ञा प्रधानका अनुसार बच्चाले नखाएर मात्र शारीरिक विकास नहुने होइन, गेमिङ डिसअर्डरको समस्याले पनि नकारात्मक असर पारेको हुन्छ। गेम खेलेपछि बालबालिकालाई समयमा भोक नलाग्ने, भोक लागे पनि खान मन नगर्ने र आफूले के खाएको थाहासम्म नपाउने अवस्था हुने उहाँको भनाइ छ। “मोबाइलसँगै भोक र निद्रा हराउने भएपछि कसरी शारीरिक विकास हुन्छ ?”, उनले प्रश्न गरे, “बालबालिकालाई मोबाइलको लत लगाउनेमा अभिभावकको कमजोरी हुन्छ। ” उनका अनुसार छोराछोरी घुक्र्याउँछन्, रिसाउँछन् अनि फकाउनु पर्‍यो भने मोबाइल खेल्न दिन्छौँ। कुनै काम लगाउनु पर्‍यो भने पनि त्यो काम गर्‍यौ भने मोबाइल खेल्न दिन्छु।

खाना खान मन गर्दैनन् भने अहिले खाना खायौ भने मोबाइल खेल्न दिन्छु अथवा मोबाइल हेर्दै खाऊ भन्ने चलन छ। डा अधिकारीले धेरैजसो अभिभावकले छोराछोरी फकाउन मोबाइलकै भर लिने गरेको जानकारी दिए। “मोबाइलमा हात परेपछि बच्चाहरू गेम खेल्न, भिडियो हेर्न तथा टिकटक बनाउन थाल्छन्। यसरी मोबाइलमा झुम्मिएपछि उनीहरू आफैँलाई भुल्छन्”, उनले थपे, “एकै ठाउँ घण्टौँ बसेको पनि उनीहरूले पत्तो पाउँदैनन्। ” भोक लागेको, आफ्नो अघिल्तिर को आयो, को गयो, के भइरहेको छ? केही पनि थाहा पाउँदैनन् किनभने उनीहरूको आँखा मोबाइलको स्क्रिनभित्र हुन्छ । मोबाइलमा गेम जति खेल्यो, उति खेल्न मन लाग्छ भन्दै डा प्रधानले स्पष्ट पारे, “भिडियो जति हेर्‍यो, उति हेर्न मन लाग्छ। यही कारण मोबाइल मोह पलाउँछ तथा लत लाग्छ।” बच्चाहरू हर क्षण मोबाइलकै बारेमा सोच्न थाल्छन्। उनीहरू फुर्सद पाउनासाथ मोबाइलमा झुम्मिन्छन्। उनीहरूको पढाइ, सोचाइ र दिनचर्या नै प्रभावित हुन्छ। सेभ चाइल्ड नेटका प्रमुख अनिल रघुवंशी भन्छन्, “कुनै पनि कुराको कुलत राम्रो हुँदैन। मोबाइलको कुलतले पनि बच्चालाई नराम्ररी बिगार्ने गर्छ। ”

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको