रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका-७ स्थित ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक संजय रायलाई प्रहरीले पक्राउ गरेको छ ।
सोहि विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभन देखाउदै फोन तथा म्यासेन्जरमा विवाह गर्न दबाब दिएको आरोपमा ४३ बर्षिय शिक्षक रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।
छात्राले आफुलाई पढाउने शिक्षकले विभिन्न प्रलोभन देखाएर बिवाह गर्न दबाब दिएकाे भन्दै आफ्नो अभिभावकलाई सुनाए पछि विद्यालयमा अभिभावक भेला गरिएको थियाे । शिक्षक रायलाई अभिभावक भेलाबाट नै प्रहरीले प्रक्राउ गरेकाे हाे । घटनाका बारेमा थप अनुसन्धानका लागि शिक्षक रायलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
शिक्षक रायले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ फाेन किनिदिन्छु, घुमाउन लैजान्छु भन्दै प्रलोभन देखाएर फोन तथा म्यासेन्जरमा प्रेम प्रस्ताव राख्ने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
