वीर अस्पताल (कोभिड–१९ युनिफाइड) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा प्रा.डा. जागेश्वर गौतम नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका प्रवक्तासमेत रहेका प्रा.डा. गौतमलाई युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए।
रेग्मीका अनुसार सोमबार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको हो।
गौतमले वीरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएसँगै जनशक्तिको व्यवस्थापन, स्रोत साधनको व्यवस्थापन र अन्य व्यवस्थान गरेर मुलुकभरका कोभिड अस्पतालका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्नेछन्।
युनिफाइड अस्पतालले देशभरका कोभिड–१९ डेडिकेटेड अस्पतालको कमाण्ड गर्नेछ।
गौतमको जिम्मेवारी फेरिएसँगै मन्त्रालयमा सह-प्रवक्ता समिर कुमार अधिकारीले नै उनको कार्यभार तत्कालका लागि सम्हाले रेग्मीले बताए।
