खुर्सानी सेवन गर्दा वजन घटाउनेदेखि मुटुरोगसम्मलाई लाभदायक

ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ ।खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुसम्बन्धी रोग र पिनासमा यो लाभदायक रहेकाे छ ।

हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउने गर्दछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै लाभदायक रहने गर्छ र रक्तसञ्चारमा पनि खुर्सानीले मद्दत गर्ने गर्छ ।

हालै भएकाे एक अध्ययनले त खुर्सानीको महत्व अझ भारी देखाएको छ । हालै ‘एक्सपेरिमेन्टल बायोलोजी’मा प्रकाशित अध्ययन रिपोर्टले खुर्सानीले फोक्सोको क्यान्सर फैलनबाट रोक्ने दाबी समेत गरेको छ ।

रिपोर्टअनुसार, खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ले फोक्सोको क्यान्सर रोकथाममा मद्दत गर्छ र बढ्दो प्रदूषण, धुम्रपान तथा अव्यवस्थित जीवनशैलीका कारण महिला तथा पुरुष दुवैमा फोक्सोको समस्या बढ्दै गएका वेला यो अध्ययनलाई ठूलो उपलब्धिको रुपमा मानिएकाे छ ।

सुगर नियन्त्रण गर्न हरियो खुर्सानी

काठमाडौं । खानाको स्वाद बढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ । भिटामिन ए, बी–६, आइरन, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गुणले भरिपूर्ण रहेको एक अनुसन्धानले देखाएको छ ।

स्वास्थ्यसम्बन्धी अनेक समस्या समाधानमा भूमिका खेल्ने हरियो खुर्सानीले डाइबेटिजबाट पीडित मानिसलाई अहम् लाभ पुऱ्याउने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । शरीरमा बढेको सुगर लेभल कम गरी सन्तुलनमा राख्न हरियो खुर्सानीले रामबाणको काम गर्ने अनुसन्धानबाट सिद्ध भएको छ ।

यति मात्र नभई पाचनतन्त्र सबल तुल्याउन, अनावश्यक फ्याट कम गर्न र छालालाई चमकदार तुल्याउन पनि हरियो खुर्सानीको सेवनले महत्वपूर्ण काम गर्ने विज्ञहरूको दाबी छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको