कोरोनाको महामारी : जापान, अमेरिकाले नागरिक लगे, जहाज पठाउने भारतको तयारी तर, ढुक्क बस्दै नेपाल

कोरोना भाइरसको इपिसेन्टर चीनको हुबेई प्रान्तको वुहानबाट अमेरिकाले दुई सय एक र जापानले दुई सय ६ नागरिक फिर्ता लगिसकेका छन्।

भारत, श्रीलंका, पाकिस्तानलगायत १५ भन्दा बढी देशले पनि विशेष विमान पठाउन चीनको अनुमति पर्खेका छन् ।

तर, महामारीको चपेटामा परेका आफ्ना नागरिक फिर्ता गर्न नेपालले कुनै चासो नदेखाएको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र अर्जुन अधिकारीले लेखेका छन्।

प्रधानमन्त्री केपी ओलीको प्रयासमा यसै साता बसेको सम्बन्धित मन्त्रीहरूको बैठकले चीनबाट नेपालीलाई एयरलिफ्टमार्फत उद्धार गर्न पनि तयार हुनुपर्ने छलफल भएको थियो ।

तर, उनीहरूलाई ल्याउन कुनै कूटनीतिक र व्यवस्थापकीय प्रयास भएको छैन । बरु सरकार ढुक्कसाथ भनिरहेको छ, ‘कुनै खतरा छैन, धैर्य रहनू र चिनियाँ सरकारको सूचना पढेर बस्नू ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वुहानलगायत अन्य ठाउँमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था नरहेको बताए । ‘अध्ययन वा कामका सिलसिलामा चीन गएका नेपालीमा अहिलेसम्म संक्रमण देखिएको छैन । उनीहरू सुरक्षित छन्, अहिले बोलाउनुपर्दैन । सरकारले गर्नुपर्ने तयारी गरिरहेकै छ,’ श्रेष्ठले भने ।

वुहानमा रहेका विद्यार्थीले भने आफूहरू खतरामा रहेकाले घर लगिदिन याचना गरिरहेका छन् ।

‘कोरोना भाइरसले त्रसित बनाएको छ । यहाँ सबै शैक्षिक संस्था, बजार, यातायात पूर्ण बन्द छन् । हामी बाहिर निस्केका छैनौँ । कलेजले हामीलाई आ–आफ्नो दूतावासमा सम्पर्क गरेर घर जान सक्छौ भनेको छ,’ वुहानको थोङ्ची मेडिकल कलेजमा सर्जरीमा पिएचडी गरिरहेका डा. गौरव पोखरेलले भने, ‘हामीलाई सरकारले उद्धार गरोस् ।’

हुबेईमै रहेका अर्का विद्यार्थी डा. अमित शर्माले आफूसँगै पढ्ने भारतीय साथीहरूको उद्धार हुँदै गर्दा सरकारले आफूहरूको जीवनप्रति चासो नदिएकोमा दुःख जनाए ।

‘हामी नेपाल गएर जति दिन पनि निगरानीमा छुट्टै ठाउँमा बस्न तयार छौँ । नेपाल गएर अरूलाई फैलाउन चाहँदैनौँ । हाम्रो स्वास्थ्य जाँच गरेर लैजाओस्,’ शर्माले भने, ‘हामीसँगै बसेका भारतीय साथीहरूलाई लिन शुक्रबार गाडी आउँदै छ । हामी उनीहरू फर्किएको हेरेर बस्न बाध्य छौँ।’

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको