स्वास्थ्य शिविरको दिन ३ हजार बराबरको BMD टेष्ट नि:शुल्क गर्छौं : म्यानुअल थेरापी सेन्टर

काठमाण्डौ – हाड जोर्नी तथा नशा सम्बन्धी विशेष उपचार केन्द्र एबम् नेपालको एक मात्र म्यानुयल थेरापी अर्थो न्युरो रिह्याबिलिटेसन एण्ड पेन रिलिफ सेन्टरले  यहि फाल्गुन ४ गते आईतवार नि :शुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको छ ।

नेपालको एक मात्र म्यानुअल थेरापी सेन्टरले बिगत लामो समयदेखि नेपालकै बरिष्ट हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ लगायतको समुहबाट हाड जोर्नी तथा नसा सम्बन्धी उपचार गर्दै आईरहेको छ ।

नि:शुल्क स्वास्थ्य परीक्षणको दिन २०० बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण, करीब रु. ३००० बराबरको BMD टेष्ट रु. ५०० बराबरको न्युरोप्याथी टेष्टको सेवा नि:शुल्क उपलब्ध गराउने ब्यवस्थापक नबिन खरेल बताए।

ब्यवस्थापक खरेल भने – “यो हप्ता भरी (मंगलबार देखी शनिबार सम्म) नाम दर्ता गरिने छ  तर २००  जना भन्दा बढीको नाम दर्ता गर्न सकिदैन । यसकारण नि:शुल्क स्वास्थ्य परीक्षण गर्नु छ भने हाम्रो कार्यालयको संपर्क नम्बर ०१- ५१८८०६७ मा फोन गरेर नाम दर्ता गर्न अनुरोध गर्दछौ ।”

त्यस्तै खरेलले थपे – “हजारौं हाम्रा सेवाग्राहिको अनुरोधलाइ मध्यनजर गर्दै हामीले फेरी पनि नि:शुल्क स्वास्थ शिविर राखेका छौं। र, हामीले यस शिविरबाट कम्तिमा २०० बिरामीले  प्रत्यक्ष लाभ लिने अपेक्षा राखेका छौं।”

नेपालकै बरिष्ट हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ, छाला तथा यौन रोग बिशेषज्ञ लगायतको समुहबाट सन्चालन हुने यस निशुल्क शिविरमा हड्डी खिईएको , नसा च्यापीएको, हात खुट्टा झम्झमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, ढाड दुख्ने,कम्मर दुख्ने, घुढा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, बाथ, पाता पोल्ने, घुडा फेर्नु पर्ने, मेरुदण्डको हड्डी सरेको, रिङ्गटा लाग्ने, बेहोस हुने, घाटी दुखेको, बालमस्तिक पक्षघात , सवारी दुर्घटनाको कारण भएको हड्डी सम्बन्धी समस्या, अप्रेसन वा प्लास्टर पछि  भएको हड्डी सम्बन्धी समस्या वा कुनै पनि हाडजोर्नी तथा नसा रोग सम्बन्धी समस्याहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिने यस सेन्टरका अध्यक्ष एबम् बरिष्ठ हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा. किशोरलाल श्रेष्ठले बताए।

“बिरामी ले आफ्नो शरीरको स्वास्थ्य अवस्था के छ भनेर वा आफुलाई कुनै समस्या छ भने सही निदान गर्ने अवसर प्राप्त भएको छ, अत: यो मौकाको फाईदा उठाउन सबैमा अनुरोध गर्दछौं” डा. श्रेष्ठले थपे।

शिविरमा आउनको लागि नाम अहिलेबाटै दर्ता गर्न सुरु गरिएको प्रशासनको भनाइ छ ।

यदी तपाईंलाई हाडजोर्नी तथा नसा सम्बन्धी कुनै समस्या छ भने वा तपाईं ५० बर्ष माथिको हुनुहुन्छ भने यी परीक्षणहरु बरदान साबित हुन्छन । ह्ड्डीको बलियोपना पत्ता लगाउने महत्वपूर्ण प्रबिधी हो BMD टेष्ट । ६० बर्ष माथिका सबैले एक पल्ट BMD टेष्ट गर्नु उपयुक्त मानिन्छ ।

बिकसित मुलुकहरुमा त हरेक ५० बर्ष माथिका मनिसहरुले यि टेष्ट गरेका हुन्छन । नेपालमा सोही चेतनाको बिकास गराउनको लागि भए पनि हामीले नि:शुल्क परीक्षणको व्यवस्था गरेका छौ- डा. श्रेष्ठको भनाइ छ ।

 

 

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको