यस्तो छ महजोडीको ‘सत्रू गते’को ट्रेलर

प्रदिप भट्टराई निर्देशित फिल्म ‘जात्रा’ ब्लकबस्टर रह्यो । ‘जात्रा’ प्रदर्शनको करिब एक बर्षपछि उनले अर्को फिल्म बनाए, सत्रु गते । लामो समय मह संचारमा रहेर माझिएका उनले यसपाली ‘मसलेदार’ फिल्म बनाएको बताए । मधेस र पहाडी मुलको सम्बन्धबाट फिल्मको घटनाक्रम बुनिएको उनको भनाई छ । फिल्मको हालै ट्रेलर सार्वजनिक भयो ।

कुपण्डोलस्थित बि्रक्स क्याफेमा सुक्रबार मध्यन्ह ट्रेलर सार्वजनिक गर्दै उनले फिल्ममा एक्सन, लभ रोमान्स, कमेडी सबै मसला मिसाइएको बताए । फिल्मले दर्शकलाई समग्रमा मनोरञ्जन दिनेमा उनी विश्वस्त देखिए । भने, ‘फिल्म कति चल्छ भन्ने त समयले देखाउँछ । तर दर्शकले फिल्मलाई रुचाउनेछ भन्ने कुरामा म ढुक्क छु ।’

ट्रेलर रिलिजका क्रममा हास्य अभिनेता किरण केसीले थपे, ‘पेट मिचीमिची हसाउँनेछ ।’

ट्रेलर हेर्दा कमेडी जनारको फिल्म जस्तै देखिन्छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल बसुन्धरा भुसाल, राजाराम पौडेल जस्ता हास्य कलाकर्मीको बाहुल्य फिल्ममा देखिन्छ । तर, फिल्म कमेडी जनाराको नबनेको निर्देशक भट्टराईको भनाई थियो । उनले भने, ‘यो सोसल ड्रामा टाइपको फिल्म हो ।’

कार्यक्रममा निर्देशक भट्टराई, किरण केसी, नायिका आँचल शर्मा उपस्थित थिए । पल शाह भने कार्यक्रम सकिने बेला झुल्किए । हरिवंश आचार्य र मदनकृष्ण भने हल बाहिर भलाकुसारी गरिरहेका थिए । केहि समयपछि हस्याङफस्याङ गर्दै शिवहरी पौडेल आइपुगे । उनी आइपुग्दा कार्यक्रम सकिइसकेको थियो ।

हेर्नुस् ट्रेलर

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको