होली खेल्दा किरण केसीलाई युवतीले चड्काइन् !

इमाडोल गाबिसका स्थायी बासिन्दा हास्यकलाकार किरण केसी अहिले पनि होली भनेपछि औधि रौसिन्छन् । फागुलाई रंगीन पर्व मान्ने उनी दिनभर जसो रंग खेलेरै बिताउँछन् ।

तन्नेरी हुँदाको त के कुरा । लुकेर केटीहरुलाई पानी छ्याप्नेदेखि अनुहारमा अबिर दलेर भाग्ने काम उनले पटक–पटक गरे ।

केसी भन्छन् ‘त्यसरी होली खेल्दा सार्‍है रमाईलो लाग्थ्यो ।’

त्यही रमाइलो गर्ने क्रममा उनले एउटी युवतीको दर्‍हो झापड भेटे । उक्त घटना केसीले अझै बिर्सेका छैनन् ।

‘त्यस्तो कुरो मैले कहाँ सजिलै बिर्सन्छु, अहिले पनि घटना सम्झँदा गाला रनन भए जस्तो हुन्छ,’ उनले भने ।

कुरो २७ वर्ष अगाडीको हो । तत्कालिन इमाडोल गाबिस वडा नं. २२ मा एउटी केटी निकै राम्री थिइन् ।

कहिले होली आउला र उनलाई रंग दलुँला भनेर बसेका थिए, केसी । होली आयो । मौका पारेर केटीलाई समातेर अनुहारभरी रंग दलिदिए । उनले सोचेका थिए, केटीले मेरो गाला पनि उसैगरी दलिदेली । तर, केटीले उनको गालामा रंग दलिनन्, कसेर चड्कन हानिन् ।

केसी भन्छन्, ‘त्यो चडकन खाएपछि मैले थाह पाएँ कसैलाई पनि जबर्जस्ती रंग दल्न हुँदो रहेनछ ।’

त्यसपछि आजसम्म कसैलाई इच्छाविपरित रंग दलेका छैनन् उनले । र, आग्रह गर्दै भन्छन्, ‘यो खुसीको पर्व हो इच्छाविपरित कसैलाई पनि केही नगरौं ।’

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको