राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेश र धादिङ शाखाको अधिवेशन: को- को भए निर्वाचित ?

धादिङ – राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) बागमती प्रदेशको अधिवेशनको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । नारायण सिलवालको अध्यक्षता र त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सर्वसम्मत पुनः नारायण सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

बुधवार धादिङको सल्यानटारमा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल, सहसचिवमा नुवाकोटकी केरिना शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रदेश समितिको सदस्यहरूमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीकी अनु परियार, सिन्धुलीकै उद्दव श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरि आजै सम्पन्न भएको  धादिङ जिल्ला शाखाको अधिवेशनले पनि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
धादिङ जिल्ला शाखाको अध्यक्षमा मनिष दुवाडी सर्वसम्मत निर्वाचित भएका छन् ।

धादिङ जिल्ला शाखाको तेस्रो अधिवेशनले अध्यक्ष श्रेष्ठसहित उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सह–सचिवमा सीता सापकोटा(शीतल) र कोषाध्यक्षमा गजेन्द्र तामाङ निर्वाचित भएका छन् । सदस्यहरूमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन भएका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रिय समितिका पदाधिकारी सहित कार्य समितिका सदस्यहरू, बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधीहरु, विभिन्न पत्रकार संगठनका प्रमुख तथा पत्रकारहरु, त्रिपुरासुन्दरी गाउँपालिकाका उपाअध्यक्षसहितको सहभागिता रहेको थियो ।

सिफारिस

प्रधान सेनापतिद्वारा सहायक रथी र महासेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। नेपाली सेनाको जंगी...

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र एवम लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको बताएका छन् । मंगलबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा...

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल आकर्षक बत्ती र सजावटले झिलिमिली बनेको छ। मल परिसरमा जडान गरिएका रंगीन बत्ती, क्रिसमस ट्री...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र...

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल...

 क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध

भक्तपुर - अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै...

महासचिवलाई लिएर देउवा भेट्न किन पुगे ओली ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका...

लुम्बिनी प्रदेशको रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम

रुपन्देही - लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने...

आइवर्ट नेपालको अध्यक्षमा पुनः इच्छा गुरुङ निर्वाचित

काठमाडौं - इन्टरनेसनल एसोसिएसन अफ रेडियो एण्ड टेलिभिजन (आइवर्ट)...

धेरै पढिएको