एनएफपिजेको २८ औँ वार्षिक साधारण सभा सम्पन्न, को- को भए सम्मानित ?

काठमाडौँ — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले आफ्नो २८ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ। ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा आयोजित साधारण सभा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा एनएफपिजेका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राख्नुभयो। सभामा अध्यक्ष प्रदीपराज वन्तले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षभित्र सञ्चालन गरिने कार्यक्रम तथा संस्थाले अवलम्बन गरेका रणनीतिहरूबारे जानकारी गराउनुभयो।

महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्षमा सम्पन्न गतिविधिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभयो। उनले आर्थिक वर्ष २०८१/८२ को आम्दानी तथा खर्च विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको थियो। ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नबिनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुबास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री तथा ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शंकर भुजेललाई प्रदान गरिएको हो।

त्यसैगरी पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाज्यूद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ फोटो पत्रकार संस्थाका सचिव प्रविन कुलुङ राईलाई प्रदान गरियो भने ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ संस्थाका उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एनएफपिजेले सदस्यहरूको सक्रिय सहभागिता, शुभेच्छुकहरूको साथ–सहयोग, सुझाव, स्वस्थ आलोचना तथा खबरदारीमार्फत संगठनलाई अझ सशक्त, जिम्मेवार र परिपक्व बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको