काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली भूमिमा भारतले सडक बनाएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध जनाएको छ ।
उक्त घटनाले नेपालको सार्वभौमसत्ताको अवमुल्यन भएको नेकपाले जनाएको छ । भारत सरकारले शुक्रबार मात्रै नेपाली भूमि हुँदै तिब्बतको मानसरोवरसम्मको सडक उद्घाटन गरेको थियो ।
भारतको उक्त गतिविधिको विरोधमा नेपाल सरकारले शनिबार दिउँसो नै विज्ञप्ति जारी गरेको थियो । सत्तारुढ दल नेकपाले शनिबार साँझ अर्को विज्ञप्ति जारी गर्दै भारत सरकारको गतिविधिमा आपत्ति जनाएका हुन् ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको थियो । कोभिड १९ महामारीका कारण विश्व मानवजातिले नै स्वास्थ्य संकट व्यहोरिरहेका बेला भारतको गतिविधिले निराश बनाएको विज्ञप्तिमा उल्लेख छ ।
नेकपाले जारी गरेको विज्ञप्ति:
