नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप सम्पन्न

काठमाडौं – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप २०२६’ ललितपुरको हरिसिद्धिमा सम्पन्न भएको छ।

‘युनाइटेड बाई प्यासन, इन्स्पायर्ड बाई फुटसल’ भन्ने नारासहित आयोजित प्रतियोगिताले दुई देशबीचको खेलकुद, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत खेलकुदको माध्यमबाट दुई देशका खेलाडी तथा नागरिकबीच आपसी समझदारी र भाइचाराको भावना अभिवृद्धि भएको बताइएको छ।

मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई ७–४ गोलअन्तरले पराजित गरेको थियो। प्रतियोगितामा सहभागी खेलाडीहरूलाई प्रमुख अतिथि तथा विशेष अतिथिहरूले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए भने उत्कृष्ट खेलाडीहरूलाई ट्रफीद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिनोद महर्जनले यस्ता प्रतियोगिताले युवा खेलाडीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै खेलकुदमार्फत दुई देशबीचको कूटनीतिक तथा सामाजिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने बताए।

नेपाल उसु महासंघका उपमहासचिव तथा मार्सलआर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलकुदलाई दुई देशका नागरिकबीचको भावनात्मक सेतुको रूपमा व्याख्या गर्दै नेपाल र बंगलादेशबीचको मित्रता तथा भाइचारालाई यस्ता प्रतियोगिताले थप बलियो बनाउने उल्लेख गरे।

बंगलादेशी टोलीका प्रशिक्षकले आगामी दिनमा विजेता नेपाली टोलीलाई पूर्ण प्रायोजनमा बंगलादेश भ्रमण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोजक त्रिशक्ति स्पोर्ट्स एकेडेमीका उमेश महर्जनले भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए। प्रतियोगितामा सहभागी खेलाडीहरूको उत्साह, अनुशासन र प्रदर्शनले फुटसल खेलको भविष्य उज्ज्वल रहेको सन्देश दिएको आयोजकको भनाइ छ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको