काठमाडौं – बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रोयल एवान इन्भेस्टमेन्टले भदौ १० गते त्रिशूली, भोटेकोशी, रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीका सञ्चालक, शेयर सदस्य, कर्मचारी तथा शुभचिन्तकबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
कम्पनीका अध्यक्ष हरिबहादुर श्रेष्ठ ‘नविन’सहितको टोलीले उक्त सहयोग रकम अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको कम्पनीका सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयो।
विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरिएको कम्पनीले जनाएको छ। विपद् तथा संकटका समयमा समुदायसँग ऐक्यबद्धता जनाउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको कम्पनीको भनाइ छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी शाखा तथा व्यावसायिक प्रतिष्ठान सञ्चालन गर्दै आएको रोयल एवान इन्भेस्टमेन्टअन्तर्गत ए–वान क्याफे, रोयल क्याफे र त्रिवेणी क्याफेलगायत होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा छन्। कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा समुदायका आवश्यकतामा सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
