क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ ।
क्यानाडा तथा अन्य देशमा रहेर विभिन्न व्यावसायिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका नेपाली, क्यानाडेली तथा एसियाली मूलका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

अवार्डमार्फत व्यवसाय तथा उद्यमशीलता, चिकित्सा तथा स्वास्थ्य, रियल इस्टेट, सौन्दर्य तथा फेसन, कला तथा मनोरञ्जन, पत्रकारिता, रेस्टुरेन्ट तथा हस्पिटालिटी, शिक्षा, सूचना प्रविधि, सामाजिक सेवा तथा सामुदायिक नेतृत्वलगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिनेछ ।

सिजन मिडिया प्रालिकी कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार अवार्डका लागि व्यक्ति तथा संस्थाको छनोट सम्बन्धित क्षेत्रका विज्ञ, सञ्चारकर्मी तथा नेपाल, क्यानाडा, अमेरिका र अन्य देशका विशिष्ट व्यक्तित्वको सुझाव, सल्लाह र परामर्शका आधारमा गरिनेछ । सम्बन्धित क्षेत्रमा पु¥याएको योगदान, व्यावसायिक उपलब्धि तथा सामाजिक भूमिकालाई मूल्याङ्कन गरी सम्मान प्रदान गरिने उहाँले बताउनुभयो ।

यसअघि अक्टोबर २५ मा आयोजना गर्ने तय भएको कार्यक्रम नेपालीहरूको महान् चाड दसैँका कारण सारेर नोभेम्बर १ का लागि पुनःनिर्धारण गरिएको आयोजकले जनाएको छ । कार्यक्रम क्यानाडाको ओन्टारियोस्थित जर्जटाउनको तन्दुरी टिक्का लाउन्जमा स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि सञ्चालन हुनेछ ।

कार्यक्रममा सहभागी हुन आयोजक संस्थाका दुई प्रतिनिधि नेपालबाट क्यानाडा आइसकेका छन् । कार्यक्रमले प्रवासमा रहेका नेपाली तथा एसियाली समुदायका सफल व्यक्तित्वको योगदानलाई सम्मान गर्नुका साथै उनीहरूबीच व्यावसायिक सम्बन्ध, सहकार्य र अनुभव आदानप्रदानका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ ।

सिजन मिडिया प्रालिले विगत १८ वर्षदेखि नेपाललगायत विभिन्न मुलुकमा सांस्कृतिक कार्यक्रम, व्यक्तित्व विकास, इभेन्ट म्यानेजमेन्ट तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । संस्थाले यसअघि मलेसिया, दुबई र अस्ट्रेलियालगायतका देशमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गरिसकेको छ ।

आयोजकका अनुसार ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ ले नेपाली तथा अन्य एसियाली मुलुकका व्यक्तित्वको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुका साथै नेपाल, क्यानाडा र अन्य एसियाली मुलुकबीच सांस्कृतिक तथा व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

सिफारिस

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

भर्खरै

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

धेरै पढिएको