जेसिज रामेछापद्वारा अायाेजित वक्तित्वकलामा मन्थली माविकी सुवेदी प्रथम

रामेछाप-
नेपाल जेसिज रामेछापले मन्थलीमा अायाेजना गरेकाे वक्तित्वकला प्रतियोगितामा मन्थली माध्यमिक विद्यालय मन्थलीकी सुप्रभा सुवेदी प्रथम भएकी छिन ।

जेसिज रामेछापकाे अायाेजनामा  मन्थली माविकाे मिडियाहलमा  ” नेतृत्वका लागि जाग,नेतृत्व विकास र परिवर्तनका लागि” विषयमामा भएकाे वक्तित्वकला प्रतियोगिता बुधबार सम्पन्न भएकाे छ ।प्रतियोगितामा मन्थली माविमा अध्ययनरत छात्रा सुप्रभा सुवेदी प्रथम हुन सफल भएकी छिन । त्यसैगरि कर्कलादेवि ईङ्लिस स्कुलमा अध्ययनरत छात्र काैशल कार्की दित्तिय भएकाछन् भने तामाकोसी अावासिय विद्यालयमा अध्ययनरत छात्रा  मनिषा शिवा तृतीय भएकी छिन् भने मन्थली माविकै रेजन बुढाथोकीले सान्त्वना स्थान हासिल गरेकाछन् ।

प्रतियोगितामा प्रथम , दित्तिय,तृतीय र सान्त्वना हुनेहरुलाइ पुरस्कार स्वरुप क्रमश : नगद रु २० हजार, १५ हजार , १० हजार र ५ हजार सहित प्रमाणपत्र उपलब्ध गराएकाे छ । प्रतियोगितामा प्रथम हुनेले नेपाल जेसिजकाे एरिया सि अन्तरगत २२ जिल्लाका सहभागीहरुसँग बैशाख २७ र २८ गते नुवाकोटमा हुने प्रतियाेगितामा सहभागी हुनुपर्ने छ । प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका १७  प्रतियोगिले भाग लिएका थिए । कार्यक्रम मन्थली नगरपालिका र रामेछाप नगरपालिकाकाे अार्थिक सहयाेगमा भएकाे हाे ।

कार्यक्रम नेपाल जेसिज रामेछापका अध्यक्ष राजकुमार केसिकाे अध्यक्षतामा  तथा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काकाे प्रमुख अातित्थ्यतामा भएकाे थियाे भने मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतकाे विशिष्ट अातित्थ्यता रहेकाे जेसिज रामेछापका उपाध्यक्ष सन्तोष खत्रिले जानकारी दिनुभयाे ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको