नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले परिकल्पना गरे अनुसारकाे स्थानिय कारकार सरकार जस्ताे बन्न नसकेकाे बताउनु भयएकाे छ ।
सुनापति गाउपालिका १ सिम्पानिमा शनिबार भएकाे शिवालय मन्दिर उत्घाटन कार्यक्रममा नेता सिंहले संविधानले परिकल्पना गरेकाे जस्ताे सरकारकाे गतिविधि हुन ननसके अाराेप लगाउनु भएकाे छ । सरकारले हालसम्म पनि अावस्यक कानुन बनाइ नसक्दा स्थानिय सरकार सरकार जस्ताे बन्न नसकेकाे र प्रदेश सरकारले सरकारकाे गतिविधि अघि बढाउन नसक्नुकाे कारण नै संघियता संथागत गर्न बाधा पुर्याउनु खेल भएकाे बताउनु भयाे । त्यसैगरि प्रधानमन्त्री , मन्त्रीहरुबाट नै असंवैधानिक तथा संघियता विपरीत गतिविधिले पनि सरकार संघियता संथागत गर्न नचाहेकाे प्रष्ट भएकाे बताउनु भएकाे छ ।
नेता सिंहले भन्नुभयो सरकारकाे असंवैधानिक गतिविधि तथा अलाेकतान्त्रिक गतिविधि राेक्नका लागि काङ्ग्रेसकाे जागरण अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने छ । कार्यक्रममा नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति रामचन्द्र खड्का, काङ्ग्रेस नेता अर्जुन केसि, युवराज भट्टराई , महाधिवेशन प्रतिनिधि भरत चाैलागाई, विनिता खड्का लगाएतले मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रम शिवालय मन्दिर निर्माण समितिका अध्यक्ष हाेमनाथ गाैतमका अध्यक्षता तथा कांग्रेस नेता प्रकाशमान सिंहकाे प्रमुख अातित्थ्यतामा भएकाे थियाे । मन्दिर निर्माणमा सहयाेग गर्ने ५९ जनालाई र निर्माण समितिका पदाधिकारीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि सिंहले प्रशंसा पत्र प्रदान गर्नुभएकाे थियाे ।