काठमाडौं – उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ। उपत्यकामा अहिलेसम्म दुई हजार एक सय ३४ जना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित दैनिक बढेकाे बढ्यै छ। हिजो मात्रै उपत्यकामा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो।
सोमबारसम्म काठमाडौँ जिल्लामा एक हजार ७ सय ५ जनामा, ललितपुरमा २ सय ८२ जना र भक्तपुरमा १ सय ४७ जना गरि उपत्यकामा कुल २१३४ कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। त्यस्तै उपचारपछि निको भएर घर फर्कनेको संख्या २ सय ४१ जना मात्र रहेको अधिकारीको भनाइ छ।
यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ।
