बागमती प्रदेश सरकारले काठमाडौंमा ३ हजार बेडको आइसोलेसन तयार गर्ने

काठमाडौं – बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा ३ हजार आइसोलेसन बेड तयार गर्ने भएको छ। नेपाल सरकारका स्वास्थ्य मन्त्री  भानुभक्त ढकालसहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफल पश्चात सो निर्णय गरिएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको उपस्थितिमा भएको छलफलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवस्यक सुविधा र स्थानको छनौट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको हो।

सो छलफल पश्चात काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं सांसद अध्यक्ष कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेश सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिइएको थियो।

उक्त छलफलमा बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रमा आवस्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलव्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाललाई आग्रह गर्दै मुख्यमन्त्री पौडेलले क्षेमता र सुविधा विस्तारका लागि स्थानीय तहमा संचालित स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको जानकारी दिएका थिए।

बागमती प्रदेसका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भए पनि काठमाडौं उपत्यकामा त्यसमा कठिनाइ देखिए संगै बागमती प्रदेस सरकारले तिनै तहका सरकारहरु संगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि आयोजना गरिएको सो छलफलमा स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वबिद्यालयले आवस्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने प्रतिवादत्ता ब्यक्त गरेका थिए।

सो छलफलमा आफ्ना धारणा राख्दै त्रिभुवन विश्व बिद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटाले बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रका लागि त्रिभुवन विश्वबिद्यालयका भवन तथा स्थान उपलव्ध गराउने बताएका थिए भने काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले एकीकृत स्थानमा केन्द्र निर्माणमा जोड दिदै उपत्यका नगरपालिका फोरम बाट पूर्ण सहयोग हुने प्रतिवदत्ता ब्यक्त गरेका थिए।

लकडाउनमा प्रदेस सभा निर्वाचन क्षेत्रमा अनुगमन तथा सहयोगका लागि प्रदेस सभा सदस्यको नेतृत्वमा अनुगमन समिति निर्माण गर्ने निर्णय गरेको बागमती प्रदेस सरकारले काठमाडौं उपत्यकामा संक्रमणको अवस्था निकै बढेको अवस्थामा रोकथाम र नियन्त्रणका लागि देखाएको तदारुकता र सक्रियतामा सहयोग रहने बताउदै छलफलका अन्य वक्ताहरुले संक्रमण पहिचान र परिक्षण स्थानीय तह ,आइसोलेसन केन्द्र स्थापना तथा संचालन प्रदेस सरकार र सघन उपचार सहित आवस्यक प्राविधिक सहयोग संघीय सरकारले गर्नेगरी संयन्त्र निर्माण गर्नका लागि सुझाव दिएका थिए।

सो छलफल कार्यक्रममा नेपाल सरकारका स्वास्थ्यमन्त्रि भानुभक्त ढकाल , नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ ,नेकपा काठमाडौं अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ , त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला , नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यंजनकार, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा ,स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्की ,स्वास्थ्य व्यवसायी परिषदका रजिस्टार पुष्प खनाल ,काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल लगायतको उपस्थिति रहेको थियो।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको