बागमती प्रदेश सरकारले काठमाडौंमा ३ हजार बेडको आइसोलेसन तयार गर्ने

काठमाडौं – बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा ३ हजार आइसोलेसन बेड तयार गर्ने भएको छ। नेपाल सरकारका स्वास्थ्य मन्त्री  भानुभक्त ढकालसहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफल पश्चात सो निर्णय गरिएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको उपस्थितिमा भएको छलफलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवस्यक सुविधा र स्थानको छनौट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको हो।

सो छलफल पश्चात काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं सांसद अध्यक्ष कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेश सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिइएको थियो।

उक्त छलफलमा बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रमा आवस्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलव्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाललाई आग्रह गर्दै मुख्यमन्त्री पौडेलले क्षेमता र सुविधा विस्तारका लागि स्थानीय तहमा संचालित स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको जानकारी दिएका थिए।

बागमती प्रदेसका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भए पनि काठमाडौं उपत्यकामा त्यसमा कठिनाइ देखिए संगै बागमती प्रदेस सरकारले तिनै तहका सरकारहरु संगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि आयोजना गरिएको सो छलफलमा स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वबिद्यालयले आवस्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने प्रतिवादत्ता ब्यक्त गरेका थिए।

सो छलफलमा आफ्ना धारणा राख्दै त्रिभुवन विश्व बिद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटाले बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रका लागि त्रिभुवन विश्वबिद्यालयका भवन तथा स्थान उपलव्ध गराउने बताएका थिए भने काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले एकीकृत स्थानमा केन्द्र निर्माणमा जोड दिदै उपत्यका नगरपालिका फोरम बाट पूर्ण सहयोग हुने प्रतिवदत्ता ब्यक्त गरेका थिए।

लकडाउनमा प्रदेस सभा निर्वाचन क्षेत्रमा अनुगमन तथा सहयोगका लागि प्रदेस सभा सदस्यको नेतृत्वमा अनुगमन समिति निर्माण गर्ने निर्णय गरेको बागमती प्रदेस सरकारले काठमाडौं उपत्यकामा संक्रमणको अवस्था निकै बढेको अवस्थामा रोकथाम र नियन्त्रणका लागि देखाएको तदारुकता र सक्रियतामा सहयोग रहने बताउदै छलफलका अन्य वक्ताहरुले संक्रमण पहिचान र परिक्षण स्थानीय तह ,आइसोलेसन केन्द्र स्थापना तथा संचालन प्रदेस सरकार र सघन उपचार सहित आवस्यक प्राविधिक सहयोग संघीय सरकारले गर्नेगरी संयन्त्र निर्माण गर्नका लागि सुझाव दिएका थिए।

सो छलफल कार्यक्रममा नेपाल सरकारका स्वास्थ्यमन्त्रि भानुभक्त ढकाल , नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ ,नेकपा काठमाडौं अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ , त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला , नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यंजनकार, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा ,स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्की ,स्वास्थ्य व्यवसायी परिषदका रजिस्टार पुष्प खनाल ,काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल लगायतको उपस्थिति रहेको थियो।

सिफारिस

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन...

युद्धविराम सम्झौतामा इजरायल र हमासले दिए यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र...

हमास र इजरायलले गरे युद्ध विरामको सहमति, छायो खुसीयाली

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध...

मौसम: यी भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

बढ्यो डिजेल र पेट्रोल मूल्य

काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य...

धेरै पढिएको