आज यी स्थानमा भारीसम्म वर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं – आज (शनिबार) पनि देशका केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले (बिहान) पनि प्रदेश १, ५ र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ। देशका बाँकी स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली छ।

यसैगरी आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

२४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै माशाखाले भनेको छ : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको