रामेछापकाे सुकाजाेरमा घरेलु स्यानिटरी प्याड उत्पादन तालिम

रामेछाप – रामेछापकाे सुकाजाेरमा संचालन भएकाे घरेलु स्यानिटरी प्याड उत्पादन तालिम मंगलबार सम्पन्न भएकाे छ । रामेछाप नगरपालिकाे अार्थिक सहयाेगमा रामेछाप विज्नेस प्रमाेशन प्रालिकाे अायाेजनामा संचालित सातदिने स्यानिटरी प्याड बनाउने तालिममा नगरपालिकाका १८ जना महिलाको सहभागिता रहेकाे थियाे ।

रामेछाप जिल्लामा पहिलाे पटक अायाेजना गरिएकाे साे तालिम स्थानीय महिलालाई स्वराेजगार बनाउने उद्देश्यले त संचालन गरिएकाे प्रालिका अध्यक्ष गुञ्ज बहादुर कार्कीले जानकारी दिनुभयाे । कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले महिनावारीकाे समयमा महिलाहरुले विभिन्न किसिमको समस्या बेहाेर्नु परेकाे उदृत गर्दै त्यस्तो किसिमकाे समस्यालाई न्युनिकरण गर्न सहयाेग पुर्याउने विस्वास व्यक्त गर्नुभयाे ।

त्यसै गरि नेिाल सरकारले सबै सामुदायिक विद्यालयमा नि: शुल्क स्यानिटरी प्याड वितरण गर्ने नीतिलाई समेत स्तानीय स्तरमा उत्पादन गरिएकाे प्याड प्रायाेगमा अाउनसक्ने भन्दै उहाले नियमित उत्पादन गर्न सके उद्योगकाे रुपमा विकास गर्ने उद्देश्य नगरले लिएकाे उपप्रमुख खड्काले जानकारी दिनुभयाे ।

कार्यक्रममा रामेछाप नगरपालिकाका रामेछापकी उपप्रमुख सिर्जना खड्काकाे प्रमुख अातित्थ्यता तथा रामेछाप विज्नेस प्रकाेशन प्रालिका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठको अध्यक्षता भएकाे थियाे भने नगरपालिकाका प्रशासकिय अधिकृत इस्वाेरी दाहाल, नगरका सबै वडाका वडा अध्यक्षहरु तथा नगरका नगरकार्यपालिकाका सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको