काठमाडौं –  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज काठमाडौंको जोरपाटीमा र बालाजुमा जुलुस प्रदर्शन गरिएको छ । योग्यता र क्षमता हुँदा हुँदैपनि उनलाई प्राधिकरणको कार्यकारी निर्देशनकमा निरन्तरता नदिइएको भन्दै जुलुस प्रदर्शन गरिएको हो ।

बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले कुलमान जतिको योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

नेपाललाई लोडसेडिङ मुक्त गराएका घिसिङ भदौ ३० गतेवाट पदमुक्त भएका हुन् । उनको मंगलबार विद्युत प्राधिकरणले विदाइ गरेको थियो । त्यस्तै कुलमान घिसिङको समर्थनमा आज दिउसो १ बजे माइतीघरमा प्रदर्शन गर्ने सचेत नेपालीका संयोजक पुण्य प्रसाईले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया