काठमाडौं – मनोज न्यौपानेद्धारा लिखित ‘महान जीवनको यात्रा’ नामक कथा संग्रह सार्वजानिक भएको छ ।
शनिवार प्रज्ञा भवनमा आयोजित एक समारोहकाबीच योगी डा. विकासानन्दले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
विमोचन समारोहमा कथाकार न्यौपानेले ‘महान जीवनको यात्रा’ कथा संग्रहमा यथार्थपरक कथाहरु संग्रहित रहेको बताउनुभयो । हराउदै गएको मानवीय संवेदनालाई आफूले कथाको विषय बनाएको उहाँले बताउनुभयो । न्यौपानेको यसअघि पागल आमा खण्डकाव्य प्रकाशित भैसकेको छ ।
कुल ९ वटा कथाहरु समावेश कथा संग्रहलाई बुलबुल प्रकाशन काठमाडौंले प्रकाशन गरेको हो ।