काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठक आज १२ बजे बस्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ ले जानकारी दिएका छन्।

सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो गोप्य छलफल भएको छ । पेरिस डाँडामा हिजो बस्ने भनिएको सचिवालय बैठक आजका लागि सारेर दुई अध्यक्षबिच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया